Logo

भिटोफ नेपालको अध्यक्षमा गोपाल थापा विजयी


गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को अध्यक्षमा गोपाल थापा विजयी भएका छन्।

मञ्चको शुक्रबार काठमाडौँमा भएको २४ औँ वार्षिक साधारण सभा तथा केन्द्रिय कार्य समितिको निर्वाचन बाट थापा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डे लाई १४८ मतले हराउँदै विजयी भएका हुन । थापाले ३०३ मत पाएका थिए भने पाण्डेले १५५ मत पाएकी थिन ।

अध्यक्ष र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा थापा समुहकै कोषाध्यक्षमा सकुन्तला देवकोटा विजयी भएकी छन् । उनले ३०० मत पाएकी छिन् भने उनका प्रत्यासी गौरी उप्रेतिले १६४ मत पाएकी थिन् ।

यस्तै अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा तारालाल धरेल, द्वितीय उपाध्यक्षमा नबराज थापा, सचिबमा दिपक पाण्डे, महासचिबमा निषेश थापा , सह कोषाध्यक्षमा मनहरी दाहाल, सदस्यहरुमा शैलेश लामिछाने, हरि बहादुर बस्नेत र सागर आचार्य सर्बसम्मत निर्वाचित भैसकेका छन ।

प्रकाशित मिति : शनिबार, १२ चैत्र २०७८ ००:१५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ