Logo

सापकोटा समुहले गर्यो उम्मेदवारी परिचयात्मक कार्यक्रम


काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुन गइरहेको निर्वाचनका लागि रामप्रसाद सापकोटा (कमल) को समुहले उम्मेदवारी परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा अध्यक्षमा रामप्रसाद सापकोटा, वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल , द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ , महासचिवमा नरध्वज तामाङ (क्षितिज ) , कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे , सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा ,सचिबमा हरि कडरिया को ब्यक्तिगत जीवन र ब्यवसायिक यात्राका बारेमा परिचय गराइएको थियो।

त्यस्तै सदस्यमा दोर्जे तामाङ , बिनोद वस्ती,राजेश थपलिया ,कान्छा गुरुङ ,निर्मला सापकोटा खनाल ,कृष्ण बहादुर परियार,रामचन्द्र लामिछाने ,शरण अधिकारी लगायतको पनि कार्यक्रममा परिचय खुलाइएको थियो।

अध्यक्ष पदका उम्मेदवार सापकोटाले टानलाइ बेटर टान र सताब्दिमुलक टान बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन। “ट्रेकिङ परमिटका समस्या , दर्ताबिहिन कम्पनिलाइ करको दायरामा ल्याउने , नयाँ ट्रेकिङ रुटको खोजी,टिम्सका समस्या,पर्यटन ऐन लगायतका समस्यामा कार्य गर्ने छु उनले भने।”

त्यस्तै महासचिव पदका उम्मेदवार नरध्वज तामाङले टानको समृद्धिका लागि र ब्यवसायिका समस्या समाधानका लागि आफुले उम्मेदवारी दिएको बताएका छन।

प्रकाशित मिति : बिहीबार, २६ श्रावण २०७९ २२:५६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ