शेर्पा इभेन्ट अर्गनाइजरले फङ्ङी साँझ आयोजना गर्दै
फङ्ङी साँझको अवसारमा आधुनिक शैलीमा शेर्पा संस्कृतिको जगेर्ना भने नाराका आयोजना गरिएको अनलाईन श्यब्रु नृत्य प्रतियोगितामा प्रथम, द्धित्तीय, तृत्तीय र सहभागीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत रहेको शेर्पाले जानकारी दिनुभयो । विभिन्न ख्याति प्राप्त कलाकारको प्रस्तुतिसगै साँस्कृतिक कार्यक्रम हुने छ ।
भाषा, भेषभूषा, धर्म, रहनसहन, रीतिरिवाज, संस्कारसंस्कृतिका धनी शेर्पाहरूले विभिन्न किसिमको चाडपर्वहरू मनाउने गर्दछन् ।
फङ्ङी के हो ?
शेर्पा समुदायमा रहेको धार्मिक चाडपर्वहरू डुम्जी, मणिरिम्डु मणि रिल्डब डुक्पा छेश्यि, छेवा चिथम्बा, डुवा, ञ्युङ्ने, बज्रगुरु दुङ्ग्युर, बुद्ध जयन्ती आदि हुन् । त्यसै गरी सामाजिक चडापर्वहरू लोसार, फङ्ङी, यारक्ष्याङ, लोसार पुल्क, मल्ज्यु दोङ्गु आदि हुन् ।
शेर्पा समुदायको सम्पूर्ण परम्परागत मूल्य मान्यता, संस्कारसंस्कृति र परम्परा बौद्ध दर्शनमा आधारित रहेको अनुसन्धानकर्ता, लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रक निर्वतमान महासचिब सेर्कु शेर्पाले बताउनुभयो ।
शेर्पा समुदायको सामाजिक चाड मध्येका एक प्रमुख चाड हो फङ्ङी । फङ्ङी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो । यो चाड दथो (चन्द्र) पात्रोअनुसार छैटौँ महिनामा पर्छ भने सुर्य पात्रोअनुसार श्रावणमा पर्छ । चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको शेर्पाले बताउनुभयो ।
यस दिन पानी मात्रा पिय पनि पौष्टिक तत्वयुक्त हुने विश्वासका साथ यो चाड मनाउदै आएको पाईन्छ । यस अवसरमा शेर्पाहरूले फङ्ङी चाड मनाउने चलन छ । यस चाडमा परम्परागत रुपमा सबै उमेर समूहको मानिसहरू एकै ठाँउमा भेला भई एक अर्कामा खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ । फङ्ङीको शब्दको अप्रभंश फङ्गी हो ।
फङ्ङी चाड भन्दा एक हप्ता अगाडि मल्क्ष्यु दुतुप भन्ने चाड मनाउने चलन छ । यो चाडमा गाउँघरका सबै उमेर समूहको हूल बनाएर खाजा बोकी गाउँघर नजिकैको धार्मिक आस्था बोकेको खोलानालामा गएर समूहगत रूपमा नुहाउने चलन छ । यसलाई मल्ज्यू दोङ्गु (मल्क्ष्यु दुतुप) भनिन्छ ।
शेर्पाका अनुसार काठमाडौँमा बसोबास गर्ने शेर्पाहरू गोदावरीको खोलामा गएर नुहाउने चलन छ भने खुम्बु क्षेत्रका शेर्पाहरू खुम्बु पासाङ ल्हमु गाउँपालिकास्थित खुम्बीयुल्हको ठेस्यो खोला, इम्जा खोला तथा गोक्योबाट बग्ने खोलामा गएर नुहाउने चलन छ । यसरी नुहाउँदा वर्षभरि निरोगी हुने र स्वस्थ्य तन्दुरुस्त रहने विश्वास गरिन्छ ।
यसरी नुहाई–धुवाई सकेपछि गाउँको गोन्पा, क्ष्योर्तेन, मनि आदि धार्मिक स्थलहरू सामूहिक रूपमा दर्शन गर्ने परम्परा छ ।