Logo

खालिङ राई भाषाको पहिलो म्युजिक भिडियो सार्वजनिक


किरात खालिङ राई भाषामा बनेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडिायो नै यस भाषामा बनेको पहिलो भएको निर्माण समितिले जनाएको छ । 

लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार ममता राईले लेखेको ‘च्यारी घ्लेप्या ख्याःल् च्योह्याम्’ बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

खालिङ राई भाषाका थुप्रै गीत यसअघि निर्माण भएका भए पनि आधिकारिक रुपले म्युजिक भिडियोको रुपमा निर्माण गरिएको यही नै पहिलो हो ।

सोलुखुम्बुलगायतको स्थानमा बसोवास गर्ने खालिङ राईहरुको रैथाने जीनवशैलीलाई म्युजिक भिडियोमा देखाइएको छ । ‘हामीले म्युजिक भिडियोमा गाउँको वातावरण, रैथाने जीवशैली र खालिङ राईहरुमा रहेको सांस्कृतिक सौन्दर्यलाई देखाउने प्रयास गरेका छौं’ भिडियोका निर्देशक गीलु रातोसले भने ।

भिडियोलाई सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–१, जुभिङमा छायांकन गरिएको छ । खालिङ राईहरुको सघन वस्ति भएकै स्थानमा छायांकन गरिएकाले पनि म्युजिक भिडियो निकै रोचक बनेको निर्माण पक्षले जनाएको छ । 

जागरणमूलक शब्द रहेको गीतले सबैलाई एकता कायम गरि अघि बढ्न आह्वान गरेको गीतकार राईले बताइन् । आफू अमेरिका रहे पनि सधैंभरि आफ्नो गाउँघर र समुदायको माया लाग्ने गरेको राई बताउँछिन् । ‘यहाँ भए पनि सधैं याद उतै (नेपाल)कै आउँछ । र आफ्नो समुदायको लागि धेरै माध्यमबाट सेवा गरौं भन्ने भावनाअन्तर्गत यो जागरमूलक गीत लेखेकी हुँ’ राईले भनिन्, ‘यस गीतमार्फत आफ्नो समुदायलाई एकाकार भएर अघि बढ्न आह्वान गरेकी छु ।’

राईले यसअघि नै एकल शब्दमा ‘ममता’ नामक गीति एल्वम बजारमा ल्याइसकेकी छिन् । उनले आफूलाई सामाजिक कार्य र समाज सेवामा समेत उतिकै सक्रिय तुल्याउँदै आएकी छिन् । 
यस गीतको संगीत र एरेन्ज पविधन खालिङले गरेका छन् भने यशोदा खालिङ राई र पूर्ण राईले आवाज दिएका छन् ।

त्यसैगरि म्युजिक भिडियोमा सज्जन राई र सुनिता राईले अभिनय गरेका छन् भने स्वस्तिका, विन्दु, निशा, बन्दना, सुमित्रा र बिनिता खालिङ राईले नृत्यकारको भुमिका निर्वाह गरेका छन् । गीलु रातोसको निर्देशनमा बनेको भिडियोलाई गंगाराम राईले छायांकन र सम्पादन गरेका हुन् । 

प्रकाशित मिति : शुक्रबार, १४ आश्विन २०७९ १७:४७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ