Logo

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाको ‘ह्याट्रिक’


हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधि सभामा निर्वाचित भएका छन्। 

गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन्।

बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ५ हजार ४९८ मत पाएका छन्।

यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरेका छन्।

बुढा यो पटकसहित संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन्। उनी ०७० को दोस्रो संविधान सभा र ०७४ को आम निर्वाचनमा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए।

डोल्पामा व्यक्तिगत रुपमा बलिया रहेका उनी आफ्नै पूर्वसहकर्मीलाई पराजित गरेरै छाडे। बुढा तिनै व्यक्ति हुन् ०७० मा दोस्रो संविधान सभाको निर्वाचन हुँदा राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए।

बुढासँगै गठबन्धनबाट समाजवादीको भागमा परेको दैलेख १ र सल्यान प्रतिनिधि सभाका जितेको छ।

प्रकाशित मिति : बिहीबार, ८ मंसिर २०७९ २१:३९
प्रतिक्रिया दिनुहोस्