Logo

सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पा संघको केन्द्रीय सदस्यमा निर्बाचित


सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डका नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्बाचित भएका छन्।

नेपालभरका महानगरपालिका,उपमहानगर पालिका र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको बुधबार सम्पन्न सम्मेलनले शेर्पा सहित ३५ जनालाई सदस्यमा निर्बाचित गरेको हो।सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा दोश्रो कार्यकालका लागि निर्बाचित शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत हुन् । 

सम्मेलनले संघको अध्यक्षमा भने धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानालाई चयन गरेको छ।उनी नेपाली कांग्रेसबाट निर्बाचित भएका हुन्।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल उपमहासचिव,र खोटाङको हलेंसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राई कोषाध्यक्ष चयन भएकी छन् । ४३ सदस्यीय कार्यसमितिमा थप सदस्य मनोनीत गरिने सदस्य शेर्पाले जानकारी दिए।शेर्पाका अनुसार संघमा ७ प्रदेशका नगरपालिका संघका अध्यक्षहरु कार्यसमितिको पदेन सदस्य रहने ब्यबस्था रहेको छ।

संघका नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भोलि बिहान सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्ने भएका छन् ।प्रधानमन्त्री देउवाको निमन्त्रणामा सो भेटवार्ता हुन लागेको नवनिर्बाचित सदस्य शेर्पाले जानकारी दिए।

प्रकाशित मिति : शुक्रबार, ८ पुष २०७९ ०४:३७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ