Logo

माप्य दुधकोशीमा राष्ट्रपति रनिङ शिल्ड र खुल्ला खेलकुद प्रतियोगिता हुँदै


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड र खुल्ला वडा स्तरीय (महिला/पुरुष) भलिबल तथा डबल (महिला/पुरुष) ब्याटमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही आउँदो पुस २५ गतेदेखि २८ सम्म गाउँपालिका रंगशालामा सो प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि यही आउँदो पुस २० गते देखि २३ गतेभित्र अनिवार्य रुपमा टिम दर्ता गरिसक्नुपर्ने समयसिमा तोकिएको गाउँपालिकाले जनाएको छ ।

खेलकुद संयोजक नवराज राईकाअनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि १८ वर्ष भन्दा मुनिका कक्षा १२ मा नियमित रुपमा अध्ययनरत छात्र, छात्रा हुनुपर्ने, प्रतियोगितामा सहभागिहरुले अनिवार्य रुपमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने, प्रतियोगितामा भाग लिने प्रत्येक खेलाडिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को अनुसुचि १ बमोजिमको फारम भरी सम्बन्धित विद्यालयको प्रअलाई प्रमाणित गराई गाउँपालिकामा पेश गर्नुपर्नेलगायतका नियम रहेको छ ।

त्यस्तै एक जना खेलाडिले एथलेटिक्सतर्फ एक ट्रयाक दुई फिल्ड वा एक फिल्ड दुई ट्रयाकमा तथा मार्सल आर्टतर्फ कराते र तेक्वान्दोको एक विधामा मात्र सहभागि हुन पाइने छ भने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका (उसुबाहेक) सबै खेल इभेन्टहरु हुनेछन् । यस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्रको साथमा क्रमशः रु. १०,०००।–, रु. ८,०००।–, रु. ५,०००।– तथा विजेता सबै खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै खुल्ला खेलकुद प्रतियोगिताअन्तर्गत खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता माप्य दुधकोशी गाउँपालिकाको वडास्तरीय हुने र एक टिममा एउटा वडाभित्रको मात्र खेलाडी हुनुपर्ने छ । प्रतियोगितामा सहभागि हुनको लागि प्रवेश शुल्कवापत १ हजार रुपैयाँ लाग्ने छ । सो प्रतियोगितामा प्रथम हुनेले ट्रफी, मेडल, प्रमाणपत्रको साथमा रु. ३०,०००।– नगद, द्धितीय हुनेले ट्रफी, मेडल, प्रमाणपत्रको साथमा रु. २०,०००।– र तृतीय हुनेले ट्रफी, मेडल, प्रमाणपत्रको साथमा रु. १५,०००।– नगद पुरस्कार प्राप्त गर्नेछन् ।

खुल्ला महिला पुरुष व्याटमिन्टन प्रतियोगिता माप्य दुधकोशी गाउँपालिकास्तरीय हुने छ । यस प्रतियोगिताका लागि प्रथम पुरस्कार ट्रफी र प्रमाणपत्रको साथमा नगद रु. १५,०००।–, द्धितीय पुरस्कार ट्रफी र प्रमाणपत्रको साथमा नगद रु. १०,०००।– र तृतीय पुरस्कार ट्रफी र प्रमाणपत्रको साथमा नगद रु. ६,०००।– राखिएको छ ।

प्रकाशित मिति : शनिबार, ९ पुष २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ