नेलेका अग्नि पीडित परिवारलाई गाउँपालिकाद्वारा ५० का दरले आर्थिक सहयोग
सोलुखुम्बु । सोलुखुम्बु नेलेका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट पुर्ण रुपमा घर क्षति भएकाहरुलाई विहिवार हरेक परिवारलाई ५० हजारका दरले चेक प्रदान गरिएको छ ।
पालिका अध्यक्ष असिम राईसहितको टोली नेलेमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरे । आंशिक क्षति भएका प्रति परिवारलाई २५ हजारका दरले चेक प्रदान गरिएको छ ।
पुस ५ गते मंगलबार अपराहन्न थुलुङ दुधकोशी १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो । उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घरमा पुर्ण क्षति र प्रनय राईको घरमा आंशिक क्षति पुगेको थियो ।