Logo

तीन कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण


काठमाडौँ: नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।बिहिबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त तीन जना कुलपतिलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

यसरी सपथ ग्रहण गर्नेहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली छन्।

सो अवसरमा प्रधानमन्त्रीले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : बिहीबार, ४ फाल्गुन २०७९ १२:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ