Logo

उर्मिला र हेमन्तको खालिङ भाषाको दुई म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । खालिङ भाषामा निर्माण गरिएको म्युजिक भिडियोसहितको दुई वटा गीत सार्वजनिक भएको छ । गायिका उर्मिला खालिङ र नव गायक हेमन्त खालिङले स्वरवद्ध गर्नुभएको खालिङ भाषाको वास शिल (भुमे) र नु (मन) गीतको म्युजिक भिडियो गत वैशाख १ गते सार्वजनिक भएको हो । वास शिल (भुमे) गीतमा भने उर्मिला र हेमन्तसँगै निरकुमार खालिङ र छबिमाया खालिङलेसमेत स्वर दिनुभएको छ ।
किरात खालिङ राई केन्द्रीय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यमा काठमाडौंस्थित नवदुर्गा पार्टीप्यालेसमा सार्वजनिक गरिएको नवगायक हेमन्त खालिङले जानकारी दिनुभयो । सार्वजनिक कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद मानबीर राई र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलगायतकोसमेत उपस्थिति रहेको थियो ।

उर्मिला खालिङको शब्द रचना रहेको दुई वटै गीतमा निरकुमार राईको संगीत रहेको छ भने भिडियो छायांकन तथा सम्पादन गंगाराम राईले गर्नुभएको हो । काठमाडौंकै विभिन्न स्थानमा छायांकन गरिएको वास शिली (भूमे)को म्युजिक भिडियोमा अर्जुन खालिङ, सीता कुमारी खालिङलगायत समुदायका २४ जना अग्रजहरुको सामुहिक कला देख्न पाइन्छ भने नु (मन) को म्युजिक भिडियोमा भने तिलक खालिङ र निर्मला खालिङलगायतको अभिनय रहेको छ ।

उर्मिला यसअघि खालिङ भाषामै गीत थुप्रै गीत गाइसकेकी गायिका हुनुहुन्छ भने नव गायक हेमन्त संगीतको विद्यार्थी भएपनि उहाँको यो पहिलो प्रस्तुति हो ।

प्रकाशित मिति : बिहीबार, ३० चैत्र २०७९ १०:५७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ