Logo

संसदमा जनताको आवाज राख्न पाएनौँ– रास्वपाका प्रमुख सचेतक परियार


राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सदनको अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताएका छन् । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसँग भएको छलफलपछि उनले जनताको कुरा राख्न सदन चलाउनुपर्ने बताए ।

‘सरकारले काम गरिरहेको छ, टुंगोमा पुर्‍याउनु पर्‍यो । एमालेले उच्चस्तरीय समिति नभई नहुने भनिरहेको छ । सत्तारुढ नबनाउने भनिरहेका छन् । यसरी सदनलाई अवारोध गर्न हुँदैन । जनताको कुरा राख्न पाएनौँ । सदन अगाडि जानुपर्छ,’ उनले भने ।  सुरुमा गृहमन्त्रीलाई स्पष्ट पार्न दिनुपर्ने पक्षमा रास्वपा छ ।

प्रकाशित मिति : आईतवार, २१ श्रावण २०८० २०:१८
प्रतिक्रिया दिनुहोस्