सिगाने–खाम्दिङ हुँदै झाप्रे सडक खण्ड स्तरोन्नति गर्ने अन्तरपालिका प्रमुखबीच सहमति
ओखलढुंगा–सोलुखुम्बु जिल्ला जोड्ने सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङको सिगाने–खाम्दिङ हुँदै झाप्रे सडक खण्ड स्तरोन्नति गर्ने सहमति भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र खिजिदेम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पासँगै सरोकारवालाको उपस्थितीमा बसेको बैठकले सो सडक स्तरोन्नती गरी अन्तरपालिका स्तरीय सिधा सडक सञ्जाललाई दिगो बनाउने सहमति गरेको हो ।
संयुक्त बैठकबाट डोजर, ट्रिपर, अप्रेटर लगायतको सामाग्री सोलुदुधकुण्ड नगरपालिकाले उपलब्ध गराउने र मेसिन सञ्चालनको लागि तेल र आवश्यक खर्च ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले उपलब्ध गराउने सहमति भएको बताइएको छ ।