Logo

विवादित हुन मलाई कुनै आपत्ती छैन : करिश्मा मानन्धर


नायिका करिश्मा मानन्धरले विवादसँग आफूलाई कुनै डर नभएको बताएकी छिन् । आइतबार चलचित्र विकाश बोर्डमा ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ले सम्मानित अग्रज कलाकार मिथिला शर्मा र शर्मिला मल्ल माथि टिप्पणी गर्न मञ्चमा पुगेकी करिश्माले यस्तो बताएकी हुन् ।
उनले पछिल्लो समय सहकारीको ठगीमा परेको भन्दै माइतीघरमा अनसन बसेको कुरा उठाउँदै आफू यो कुराले विवादमा परेपनि आपत्ति नभएको बताएकी हुन्।

उनले ठगीमा परेका कलाकारको समस्या समाधान गर्न सरकारले चासो दिनु पर्ने बताउँदै भनिन्, ‘यो कुरा उठाउँदा म विवादमा पर्न सक्छु। विवादित हुन मलाई कुनै आपत्ति छैन।’

आइतबार ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ ६ जना कलाकार तथा स्रष्टा सम्मान गरेको छ।

कलाकार मिथिला शर्मा, शर्मिला मल्ल, नीर शाह, संगीतकर्मी गणेश रसिक तथा अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको हो। सोही सम्मान कार्यक्रममा उपस्थित भएकी करिश्माले आफू सधैं विवादमा पर्ने कुराको सम्झना गरेकी हुन्।

प्रकाशित मिति : आईतवार, २१ श्रावण २०८० २२:१८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ