Logo

माप्य दुधकोशी गाउँपालिका वडा ५ द्वारा काठमाडौँबाट पनि सेवा प्रवाह


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को कार्यालयले काठमाडौँबाट पनि सेवा प्रवाह गरिरहेको छ । काठमाडौँमा बसोबास गरिरहेका वडाका वृद्धवृद्धा तथा सेवाग्राहीहरुलाई विशेष प्राथमिकतामा राखि सेवा प्रदान गरिरहेको वडा अध्यक्ष अविरल वाइवाले बताउनुभयो ।

यही साउन २१ गते आइतबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण साथै नवीकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

साउन २१ गतेदेखि २३ गतेसम्म ६७ जना वडाबासीहरुले सेवा लिएका छन । काठमाडौंमा सेवा प्रबाहलाई सहजीकरण गर्न वडा अध्यक्ष वाईवासँगै गाउँपालिकाका पन्जिकरण शाखा प्रमुख चन्द्रकला राई र वडा सचिब त्रिनाथ राईको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंगलवार, २३ श्रावण २०८० २२:०७
प्रतिक्रिया दिनुहोस्