Logo

मौसम प्रतिकुलताका कारण कांग्रेस सोलुखुम्बु प्रदेश ‘ख’को अभियान स्थगित


सोलुखुम्बु, ३० साउन । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा क्षेत्र ‘ख’को संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ मौसम प्रतिकुलताका कारण स्थगित गरिएको छ । निरन्तर वर्षात्का कारण बाढि पहिरोको जोखिम बढिरहेको तथा उत्पन्न विभिन्न समस्याहरुलाई ध्यानमा राखेर सोलुखुम्बु प्रदेश ‘ख’को आन्तरिक विशेष अभियान तत्कालका लागि स्थगित गरिएको पार्टीका क्षेत्रीय सभापति कर्मा शेर्पाले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

मौसम सुधार भएपछि मात्रै कार्यक्रमलाई निरन्तरता दिने सभापति शेर्पाको भनाइ छ । निकट भविष्यमै समय अनुकुल मिलाएर सम्बन्धित वडा कार्यसमिति, पालिका कार्यसमिति तथा नगर कार्यसमितिले आ–आफ्नो क्षेत्रभित्र सम्भव भएसम्म पार्टिका कार्यक्रमहरु सम्पन्न गर्ने भन्दै सभापति शेर्पाले बाढी पहिरोबाट पिडित र जोखिममा परेका जनतालाई आवश्यक उद्धार र राहत सहयोग गर्न अनुरोधसमेत गर्नुभयो ।

यसैबीच, कार्यक्रम स्थगित गर्नेबारे पार्टी क्षेत्रीय कार्यसमितिले सोमबार नै पत्रमार्फत जिल्ला कार्यसमितिलाई औपचारिक रुपमा जानकारी गराएको छ । पार्टी जिल्ला सभापतिलाई सम्बोधन गरेर पार्टीका क्षेत्रीय सचिवहरु चन्द्र खालिङ राई र भलाकाजी कार्कीको हस्ताक्षरमा लेखिएको जानकारी पत्रमा कार्यक्रम तालिकाअनुसार सञ्चालन गर्ने निर्देशन प्राप्त भएपनि मौसम प्रतिकुलताका कारण स्थगित गर्नुपरेको व्यहोरा उल्लेख गरिएको छ ।

विगत केहि दिनदेखि देशभर परिरहेको भारी वर्षाका कारण विभिन्न स्थानमा गईरहेको बाढी पहिरोले आवतजावतमा असहजता पैदा भएको उल्लेख गर्दै जानकारी पत्रमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पनि सोलुखुम्बु जिल्लामा पहिरोको जोखिम क्षेत्रभित्र दैनिक जनजिवन प्रभावित हुन सक्ने भनी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको परिपेक्षमा उक्त निर्देशानुसार कार्यक्रमहरु सम्पन्न गर्न हाललाई असमर्थ रहेको कुरा जानकारी गराउँदछौं ।’

 

प्रकाशित मिति : मंगलवार, ३० श्रावण २०८० २१:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ