Logo

माप्य दुधकोशी अध्यक्ष नेतृत्वको टोलीद्वारा खुम्बु लाईफलाइन सडक खण्डअन्तर्गत ओर्लाङघाट क्षेत्रको स्थलगत अवलोकन


सोलुखुम्बु। माप्य दुधकोशी गाउँपालिका अध्यक्ष नेतृत्वको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (खुम्बु) जोड्ने लाईफलाईन सडक खण्डअन्तर्गत अवरुद्ध रहेको ओर्लाङघाट क्षेत्रको स्थलगत अवलोकन गरेको छ । गाउँपालिका अध्यक्ष बुद्दिकिरण राई, उपाध्यक्ष गौरव राई, वडाका जनप्रतिनिधि तथा प्राविधिक सम्मिलित टोलीले मंगलबार सो क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

स्थलगत अवलोकनपछि सडकको भौगोलिक, प्राविधिक अवस्थालाई ध्यानमा राखेर पुनर्निर्माणको काम अभिलम्ब अघि बढाइने अध्यक्ष राईको सचिवालयले शिखरपोष्टलाई बताएको छ ।

बर्खाको बाढिपहिरोका कारण दुधकोशी नदीको ओर्मालाङघाटमा निर्मित माप्य खुम्बु मितेरी मोटरेवल पुल आसपासको सडक भत्किएर सवारी आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । यद्यपि, सोही नजिकको भोकखोलामा निर्माणाधिन मोटरेवल पुल सम्पन्न नहुँदा चार चक्के सवारी साधन सिधा सम्पर्क अघिल्लो हिउदबाटै टुटेको थियो । सो पुलको फाउन्डेसन निर्माण सकिएपनि ट्रस जोडिएको छैन  ।

गाउँपालिका पारी वडा नम्बर १ जुभिङतर्फको सडक पूर्ण रुपमा भत्किएको छ भने वारीतर्फ पनि ठाउँ ठाउँमा सडक पुरिएको छ । भौगोलिक अवस्थाका कारण जुभिङ तर्फ अहिले रहेको सडकको चौडा बढाउँने विकल्प खोज्नुपर्ने देखिन्छ । सडक अबरुद्ध हुँदा माप्य दुधकाेशी गाउँपालिका वडा नम्बर १ सँगै खुम्बु पासाङल्हामु गाउँपालिकाबासीले सास्तीखेप्न बाध्य छन् ।

 

प्रकाशित मिति : बुधबार, २७ भाद्र २०८० ०८:१९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ