Logo

सोलुखुम्बुका सांसद राईले गरे चन्द्रोदय आविको नयाँ भवन उद्घाटन, आफ्नै गुरुबाट सम्मानित


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नं. २, ठूलोढुंगामा अवस्थित चन्द्रोदय आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । गाउँपालिका र जि.एच. फाउन्डेशनको साझेदारी लगानीमा निर्माण भएको सुविधा सम्पन्न २ कोठे भवनको शनिवार एक समारोहका बीच संघीय सांसद मानबीर राईले उद्घाटन गर्नुभएको हो ।

उक्त विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहनुभएका सांसद राईले यो यस क्षेत्रकै नमुना विद्यालय रहेको चर्चा गर्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । जी. एच. फाउण्डेसन र गाउँपालिकाबाट भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तरीयताका लागि आवश्यक सहयोग हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपालिका बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राई, नेचासल्यान गाउँपालिकाका पूर्व अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवसँगै वडा अध्यक्ष तथा स्जथानीय नप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भवन उद्घाटनसँगै अक्षयकोष घोषणासँगै विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कुवीर राईले जानकारी दिनुभयो ।

सो अवसरमा सांसद मानबीर राईलाई विद्यालयका संस्थापक तथा आफ्नै गुरु मानबहादुर राई र संस्थापक सदस्य बदलमान राईको हातबाट सम्मान पत्र तथा दोसल्लाद्धारा सम्मानित गरिएको छ ।

सो कार्यक्रममा ३ वटा अक्षयकोष घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईका दाई चन्द्रोदय आविका पुर्व प्रधानाध्यापक स्व.चन्द्र वहादुर राईको नाममा रु. ३,२०,०५५/- अक्षयकोषको रुपमा यसअघि नै जम्मा भइसकेको घोषणा गरियो ।

त्यस्तै वर्तमान प्रधानाध्यापक कुविर राई र परिवारको तर्फबाट उहाँको बुवाको नाममा ७१,०००/-वढ्ने गरी, पुर्व प्रधानाध्यापक भिमकुमार मगरको परिवारको तर्फबाट आमाको नाममा ३५,०००/- पछि थपिने गरी जम्मा भईसकेको र सांसद मानवीर राईको तर्फबाट ५०,०००/- अक्षयकोषमा जम्मा हुने घोषणा गरिएको विद्यालयले जनाएको छ । धेरे जाना अतिथिहरुले पालिकाको उत्कृष्ट आधारभुत विधालय भने। अहिलेसम्म क्लास रुम इन द क्लाउड्स, जी एच फाउण्डेशन, रिड नेपाल, अनुभम, हिमालयन टष्ट तथा एडुकेट नेपाललगायतका दातृ संस्था तथा विभिन्न व्यक्तिहरुले यस विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग गरेका छन् ।

त्यस्तै स्थानीय बुद्धिजिवी राजकुमार राईले विगत ३ वर्षदेखि विदेशी साथीहरूबाट वार्षिक रुपमा शैक्षिक सामाग्री (स्टेशनरी) वितरण गर्दै आउनुभएको र विगत दुई वर्षदेखि प्ले गु्रपदेखि कक्षा ८ सम्मका उत्कृष्ठ हस्त लेखन (वेष्ट नेपाली एण्ड इंलिस ह्याण्ड राइटर)लाई १५,०००/- रुपैयाँ नगद पुरस्कार दिदै आउनु भएको छ । उक्त कार्यक्रम ५ वर्षसम्मका लागि निरन्तरता दिइने उहाँले जानकारी दिनुभएको छ । कार्यक्रममा विधार्थीहरुले नृत्य पनि प्रस्तुत गरेको थियो।

सो कार्यक्रममा वाकु मावि, काकु मावि, हिमालय मावि, बासाखाली माविका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आईतवार, २४ मंसिर २०८० १२:३७
प्रतिक्रिया दिनुहोस्