Logo

जिमी (राई) उत्थान समाजले सल्लेरीमा मनायो ‘उधौली चाँड २०८०’


सोलुखुम्बु, १० पुस । सोलुखुम्बु जिल्लामा उधौली चाँड भव्य रुपमा मनाइएको छ । जिमी (राई) उत्थान समाज स्थानीय समिति, सोलुखुम्बुको आयोजनामा सदरमुकाम सल्लेरीमा किराती समुदायले उधौली चाँड भव्य रुपमा मनाएका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष यस बहादुर राई, उपाध्यक्ष रामरतन राईलगायत नेतृत्व टिम र सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा, उपमेयर गान्धिमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राईसहित स्थानीय तहका जनप्रतिनिधि, समुदायका स्थानीय नेतृत्वहरुसहितको बाक्लो उपस्थितिमा सम्पन्न उधौली चाँडको अवसरमा शुभकामना आदनप्रदानका साथै विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

किरातीहरुले पितृको मान र प्रकृतिको सम्मानका रूपमा यो चाँड मनाउँछन् । यो अवसरमा आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गरिन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात बाली लगाउने बेलामा उभौली पूजा गर्ने प्रचलन छ ।
यो समुदायभित्र पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । पूजापछि उनीहरुले आआफ्नो परम्पराअनुसार शिली नाँच नाचेर मनोरञ्जन गर्छन् ।

”जातीय अस्तित्व उच्च स्वाभिमान, किरात संस्कृति हाम्रो अभियान” भन्ने मुल नाराका साथ  स्थापित जिमी (राई) उत्थान समाजले विशेषगरी सोलुखुम्बु जिल्लाका किराती समुदायको भाषा, भेषभूषा र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका साथै समुदायभित्रको एकतालाई मजबुद बनाउनका लागि विविधि गतिविधिहरु गर्दै आइरहेको छ ।

यसै क्रममा सदरमुकाम सल्लेरीमा स्थानीय तह सरकार र विभिन्न निकायहरुसँगको सहयोग र सहकार्यमा आफ्नै स्वामित्वको पक्की भवन निर्माण गर्दैछ । भवन निर्माण सहयोगार्थ अभियानसँगै संरचना निर्माण कार्यलाई तीब्रता दिइएको केन्द्रीय उपाध्यक्ष रामरतन राईले जानकारी दिनुभयो । जसलाई जिमी वहुद्देश्यीय साँस्कृतिक सभाहल नामाकरण गरिएको छ ।

प्रकाशित मिति : मंगलवार, १० पुष २०८० १९:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ