Logo

माप्य दुधकोशी गाउँपालिका र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि सम्झौता


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका र करुणा फाउण्डेशन नेपालबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम संचालन गर्नका लागि औपचारिक रुपमा सम्झौता भएको छ । विहिबार गाउँसभा हलमा आयोजित एक समारोहबीच गाउँपालिकाको तर्फबाट अध्यक्ष बुद्धिकिरण राई र करुणा फाउन्डेसनको तर्फबाट वरिष्ठ व्यवस्थापक कमल कोइरालाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

जन्मजात हुने अपाङ्गता रोकथाम तथा जन्म पश्चात हुने अपाङ्गतालाई उपचार, सामाजिक रुपमा पुनःस्थापना गराउने तथा अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सामाजिक तथा आर्थिक उन्नतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, माप्य दुधकोशी गाउँपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधक साझेदारीमा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिने छ । र, यो कार्यक्रम २ वर्षसम्म जारी रहने छ ।

सम्झौता पत्रमा हस्ताक्षरसँगै विहिबार नै अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमसम्बन्धि अभिमुखिकरण कार्यक्रमसमेत सञ्चालन गरियो ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले अपाङ्गता रोकथामका लागि पालिका संवेदनशील रहेको उल्लेख गर्दै कार्यक्रमका लागि आवश्यक तथ्यांक तथा सूचनाहरु वडा कार्यालय, विद्यालय, स्वास्थ्यकर्मीलगायत सबैले आआफ्नो ठाउँबाट जानकारी गराउन आग्रह गर्नुभयो । यो कार्यक्रम अवधि बढाउन आग्रहसमेत उहाँले गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष गौरव राईले यस किसिमको कार्यक्रम गर्न पालिका उत्साहित रहेको भन्दै थप सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।

फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले फाउन्डेसनले कोशी प्रदेशको सम्पूर्ण स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम संचालन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरेबमोजिम यस आर्थिक वर्षमा प्रदेश सरकारले चार जिल्लाका ३४ वटा स्थानीय तहलाई छनोट गरेको जानकारी दिदै सोही छनोटका आधारमा यस गाउँपालिकामा पनि कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको बताउनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापनमा यस किसिमको कार्यक्रम महत्वपूर्ण हुने तथा स्थानीय तहले देखाएको चासो र उत्सुकताले थप उर्जा थपेको भनाइ उहाँको थियो ।

सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिले भोग्नु परेको समस्याका बारेमा आफ्नो भनाइ राखेका थिए ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम गाउँपालिका पञ्जीकरण शाखा प्रमुख चन्द्रकला राईले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष गौरव राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवसँगै वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, पालिकाको विषयगत शाखाका प्रमुखहरु, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि, महिला स्वयम्सेविकालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहीबार, १९ पुष २०८० २२:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ