Logo

कार्कीको संयोजकत्वमा रास्वपा सोलुखुम्बु काठमाडौं सम्पर्क समिति गठन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बु काठमाडौं सम्पर्क समिति गठन गरिएको छ । बलबहादुर कार्कीको संयोजकत्वमा सम्पर्क समिति गठन गरिएको हो ।

रास्वपाका केदार कार्कीले दिनुभएको जानकारीअनुसार समितिको उपसंयोजकमा विनोद बाबु बस्नेत, सचिवमा लोकेन्द्र बस्नेत, कोषाध्यक्षमा लाक्पा गेल्जेन शेर्पा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा यूवराज पोखरेल, सविन खवास र बालु कामी रहनुभएको छ ।

संगठन विस्तारको क्रममा रास्वपाले गत महिनामात्रै नारायणकाजी कार्कीको नेतृत्वमा सोलुखुम्बु जिल्ला समिति घोषणा गरेको थियो ।

संयुक्त सरकारको

प्रकाशित मिति : सोमबार, १४ फाल्गुन २०८० १७:०२
प्रतिक्रिया दिनुहोस्