Logo

सोलुखुम्बुमा यसरी तोकियो एसइई परीक्षाका लागि केन्द्राध्यक्ष


सोलुखुम्बु । यही चैत्र १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोलुखुम्बुमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ । परीक्षाका लागि सोलुखुम्बुमा निर्धारण गरिएका १४ वटा परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुकाअनुसार नेचासल्यान गाउँपालिकाको हिमाल दर्शन क्याम्पस केन्द्रमा खिलक बहादुर कार्की, संस्कृत विद्यापीठ क्याम्पस केन्द्रमा नारायण प्रसाद पाण्डेलाई केन्द्रध्यक्षको जिम्मेवारी तोकिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको शिसाखोला आधारभूत विद्यालय केन्द्रमा महाप्रसाद फुयल, जन जागृति आधारभूत विद्यालय सल्लेरी केन्द्रमा दिलकुमार राई र जन जागृति माध्यमिक विद्यालय सल्लेरी केन्द्रमा जनक थापालाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ ।

यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाको लुक्ला आधारभूत विद्यालय केन्द्रमा गोविन्द प्रसाद चौलागाई, माप्य दुधकोशी गाउँपालिकाको दुधकोशी आधारभूत विद्यालय जुभिङ केन्द्रमा छलकराम राई, पद्मकन्या आधारभूत विद्यालय दाम्कु केन्द्रमा भरत राईले केन्दध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

सोताङ गाउँपालिकाको सोताङ क्याम्पस केन्द्रमा गोमा पौडेल, महाकुलुङ गाउँपालिकाको पेल्माङ आधारभूत विद्यालय बुङ केन्द्रमा भीम बहादुर निरौला, लिखु पिके गाउँपालिकाको जन सेवा आधारभूत विद्यालय चौल खर्क केन्द्रमा राजन बस्नेत केन्द्राध्यक्ष रहनुभएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको कालिका आधारभूत विद्यालय जुबु केन्द्रमा टेकबहादुर रार्ई, त्रिभुवन विद्योदय आधारभूत विद्यालय मुक्ली केन्द्रमा कृष्ण बहादुर राई र ठकुमाला आधारभूत विद्यालय काँगेल केन्द्रमा मानबहादुर डाँगीलाई केन्द्रध्यक्षको जिम्मेवारी तोकिएको छ ।

यसैगरी जिल्लामा वैकल्पिक केन्द्रध्यक्षका लागि गंगा बहादुर राई, सागर तामाङ र बाबुराम बस्नेतलाई तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ । यस वर्ष सोलुखुम्बुबाट १६ सय ७२ जना विद्यार्थी एसइई परीक्षामा परीक्षामा सहभागी हुँदैछन् ।

नियमिततर्फ १ हजार ६ सय ६६ जना र आंशिक तर्फ ६ जना विद्यार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्यराज डगोँलले एसइईको परीक्षा केन्द्रका केन्द्राध्यक्षले मर्यादित तवरले परीक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले यस वर्ष पनि शान्तिपूर्वक तवरले विद्यार्थीले लेख्न पाउने वातावरण सिर्जना गराउन समेत केन्द्राध्यक्षलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलवार, ६ चैत्र २०८० १६:१४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ