Logo

माप्य दुधकोशीले गर्यो दीर्घकालिन कृषि गुरुयोजना सम्बन्धी अन्तरक्रिया


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा दीर्घकालिन कृषि गुरुयोजना रणनीति निर्माण गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ‌‌। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ बुधबार सम्बन्धित क्षेत्रका विज्ञसहितको उपस्थितिमा सो अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिकाको आयोजना तथा नेपाल फार्मर्स एड्भाईजरी काउन्सिल प्रालि काठमाडौंको प्राविधिक सहयोगमा दीर्घकालिन कृषि गुरु योजना सुरु भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले युवालाई गाउँमै टिकाउने वातावरण सिर्जना गर्ने योजना सुनाए ।

‘कृषि नै समृद्धिको मुल आधार हो’ अध्यक्ष राईले भने,  ‘कृषिलाई नै आधुनिकिकरण र व्यवसायिकरण गरि स्वरोजगारी सिर्जना गर्न सकिन्छ, जसका लागि हामी लागिपरेका छौं ।’

उक्त कार्यक्रममा उपस्थीत भएका नेपाल फार्मर्स काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीले माप्य दुधकोशी गाउँपालिकामा कृषि सुहाउँदो भुगोल रहेकाले भौगोलिक्ताका आधारमा खेति गर्न सुझाव दिए ।

गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा सम्अपन्न न्तरक्रिया कार्यक्रममा उपाध्यक्ष गौरव राई, नेपाल फार्मर्स काउन्सिलका अध्यक्ष डा. कार्की, स्थानीय जनप्रतिनिधि, कृषि विज्ञहरु, गाउँपालिकाका कर्मचारी, विभिन्न वडाका कृषकहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बुधबार, १४ चैत्र २०८० २२:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ