Logo

कांग्रेसद्वारा नेचासल्यानमा जनायो सहकारी ठगीको विरोध


सोलुखुम्बु । नेपाली कांग्रेसले सोलुखुम्बुको नेचासल्यामा पनि सहकारी ठगी विरुद्ध विरोध जनाएका छन् । नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थितमा केन्द्रिय कार्यक्रमअनुसार नेचासल्यानमा ऐक्यबद्धता स्वरुप विरोध जनाइएका हुन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमा कार्यकताहरुको माझमा आफ्नो विचार राख्दै कांग्रेस नेता तथा जिल्ला समन्वय समितका प्रमुख कृष्ण प्रसाद निरौलाले देश भरीका सहकारी पिडितको न्यायका लागि निष्पक्ष संसदीय छानविन समिति बनाउनु पर्ने बताउनुभयो ।

पालिकाका कार्यवाहक सभापति घनश्याम बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ‘क’ का सभापति तथा गाउँपालिका अध्यक्ष धनजन राईले सहकारीको बचतकर्ताले न्याय पाउनु पर्नेमा जोड दिनुभयो । कांग्रेस नेतृ तथा गाउँपालिका उपाध्यक्ष विना राईले स्थानीय तहमा रहेको सहकारी पनि चुस्त रुपमा संचालन हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमा कांग्रेस नेता तथा जिल्ला समन्वय समितिका सदस्य नारायण कुमार निरौला, जिल्ला कार्य समतिका सदस्य भेषकुमार बास्तोला, जिल्ला सदस्य हेमराज शर्मा, दुई नम्बर वडा सभापति सिताराम काफ्ले र चार नम्बर वडा सभापति विष्णु बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : सोमबार, १४ जेष्ठ २०८१ १२:५५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ