Logo

सबै भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि थुलुङ दुधकोशी गाउँपालिका लाग्छ: अध्यक्ष राई


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो भाषा, संस्कार, संस्कृति लगायतको संरक्षण गर्ने पहिलो दायित्व स्वयम् समुदायको रहने बताउनुभयो । सोलुखुम्बु फ्याफुल्ला तामाङ समाजद्वारा सोनाम ल्होछारको शुभकामना आदनप्रदान सहित आयोजित वडास्तरीय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिताको आइतबार लोखिममा उद्घाटन गर्दै पालिका अध्यक्ष राईले आफ्नो अस्तित्वको संरक्षणमा जुटेको समुदायलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

विभिन्न समुदायको बसोबास रहेको नेपालमा कुनै एक जातिको मात्र भाषा, धर्म, संस्कार र संस्कृति लोप हुनु भनेको राज्यको लागि ठूलो नोक्सानी हुने भन्दै अध्यक्ष राईले त्यसको संरक्षणका लागि थुलुङ दुधकोशी गाउँपालिका सरकार गम्भीरताका साथ प्राप्त अधिकार प्रयोग गरि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै तामाङ भाषा विद काजीमान थिङले १० वर्षे माओवादी जनयुद्धको कारण टोल टोलमा ल्होछार आइपुगेको भएपनि घरघरमा पुर्याउन बाकी रहेको भन्दै थुलुङ दुधकोशी सरकारले वास्तविक सरकारको भुमिका निर्वाह गरेको पाइएको भन्दै प्रशंसा गर्नुभयो । स्थानीय सरकारले गरेको सहयोगको उच्च मुल्यांकन गर्दै सहयोग गर्न आवश्यक रहेको भन्दै उहाँले स्थानीय नागरिक सचेत नबने सम्म परिवर्तन नहुने बताउनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सन कुमार तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई संबोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले राम्रो कामको अनुसरण गर्नु सकेको खण्डमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष भोजराज कार्कीले भौतिक विकास संंगै सामाजिक बिकासलाई एकै साथ अघि बढाउने स्थानीय सरकार थुलुङ दुधकोशी रहेको भन्दै विभिन्न बहानामा हुने विकासको विरोधले समुन्न्त समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा तीन दिन सम्म वडा स्तरीय खुल्ला पुरुष भलिबल र डबल पुरुष ब्याडमिन्टन खेल हुने कार्यक्रम संयोजक विश्वराज तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आईतवार, २० माघ २०८१ १९:३६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ