Logo

टान संयुक्त लोसार साँस्कृतिक कार्यक्रम फाल्गुन २८ मा हुने, तयारी धमाधम


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त लोसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यहि फाल्गुन २८ गते होटल याक एण्ड यतिमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको टानले जनाएको छ ।

लोसार पर्वलाई पर्यटकीय आकर्षणको रूपमा प्रवर्द्धन गर्दै, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाहरू तथा व्यवसायीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको टानका अध्यक्ष सागर पाण्डेले बताउनुभयो ।

संयुक्त लोसार साँस्कृतिक कार्यक्रममा विभिन्न समुदायका मौलिक संस्कृतिहरू झल्काउने नृत्य प्रदर्शन गरिनुका साथै लोसारको अवसरमा परम्परागत परिकारहरू प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

कार्यक्रम गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा गर्ने बताइएको छ ।

टानले आफ्नो ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा आयोजना गरिने उक्त कार्यक्रम शेर्पा, गुरुङ, तामाङ, ह्योल्मो, दुरा, जिरेल, भोटे, वालुङ समुदायका साथै अन्य समुदायलाई समेत समेट्दै सांस्कृतिक पर्वको रूपमा मनाइँदै आएको छ।

सो अवसरमा चर्चित हास्य कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहनेछ । प्रमुख अतिथिबाट प्रवर्द्धक, प्रायोजक तथा सांस्कृतिक टोलीका सदस्यहरूलाई प्रशंसा पत्र वितरण गर्नेलगायतका कार्यक्रम तय भएको टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । कार्यक्रमको तयारी तीब्र रुपमा अगाडि बढाइएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, २३ फाल्गुन २०८१ २२:०२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ