Logo

नाट्टा उपाध्यक्षमा बराकोटीको उम्मेदवारी घोषणा


काठमाडौं । पर्यटन व्यवसायी राम बराकोटीले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी २०८३ साउन २९ गते (१४ अगष्ट २०२६ मा) नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै २५औं कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ ।

उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उनले पर्यटन व्यवसायीहरूको साझा हितको संरक्षण, संस्थाको सुदृढीकरण तथा नेपाललाई उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आगामी निर्वाचनमा अग्रज, पर्यटन व्यवसायी तथा साथीभाइहरूको सुझाव, आशीर्वाद, विश्वास र समर्थनको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई सफल बनाउन सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

बराकोटीले आफूले सन् २०१६–२०१८ कार्यकालमा नाट्टाको कार्यसमितिमा रहेर जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको स्मरण गर्दै संस्था र नेपाली पर्यटन क्षेत्रको हितमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् ।

 

प्रकाशित मिति : मंगलवार, ५ श्रावण २०८३ ०८:३०
प्रतिक्रिया दिनुहोस्