Logo

पर्यटन व्यवसायी अधिकारीद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा


काठमाडौं । पर्यटन व्यवसायी ध्रुब अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुँदैछ। उक्त महाधिवेशनमा अधिकारीले खुला तर्फबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।

धादिङ निवासी अधिकारी पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएको छ। उहाँ हाल ठमेल पर्यटन विकास परिषद्को अध्यक्षसमेत हुनुहुन्छ। पर्यटन व्यवसायको प्रवर्द्धन, पर्यटन नीति सुधार तथा निजी क्षेत्रको सहभागिता अभिवृद्धिका विषयमा उहाँले निरन्तर आवाज उठाउँदै आउनुभएको छ।

अधिकारीले पर्यटन क्षेत्रको अनुभवलाई पार्टीको नीतिगत तहसम्म पुर्‍याउने उद्देश्यका साथ उम्मेदवारी दिएको बताउनुभएको छ। पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित एजेण्डालाई पार्टीभित्र सशक्त रूपमा उठाउने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ छ।

रास्वपाको प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा तय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शनिबार, ६ असार २०८३ २०:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ