टुर्गानको महासचिव पदमा फुयालको उम्मेदवारी घोषणा
काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को आसन्न निर्वाचनका लागि वर्तमान कोषाध्यक्ष रोहित कुमार फुयालले महासचिव पदमा उमेदवारी घोषणा गर्नुभएको छ । टुर्गान सदस्य तथा कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका फुयालले प्राप्त अनुभव, जिम्मेवारी र सेवाको भावनालाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले महासचिव पदमा उम्मेदवारी दिने लागेको बताउनुभएको छ।
संस्थालाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउने, सदस्यहरूको आवाजलाई सम्मान गर्दै सबैलाई समेटेर अघि बढ्ने तथा पर्यटन गाइडहरूको हक–हित, पेशागत क्षमता विकास र सम्मानका लागि निरन्तर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । एकताबद्ध, सक्रिय र सबल टुर्गान निर्माणका लागि आफू समर्पित रहने उल्लेख गर्दै फुयालले आगामी नेतृत्व चयनमा सदस्यहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्नुभएको छ।
टुर्गानको ३३औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचन २०८३ असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको प्रज्ञा भवन, कमलादीमा हुँदैछ ।


