Logo

पर्यटन क्षेत्रको लागि राहत प्याकेज ल्याउन पूर्व पर्यटनमन्त्री अधिकारीपत्नी विद्या भट्टराईको माग


पूर्व पर्यटनमन्त्री स्व रविन्द्र अधिकारी पत्नीसमेत रहेकी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पर्यटन क्षेत्रको लागि राहतको प्याकेज ल्याउन सरकारसँग माग गर्नुभएको छ।

कोरोना भाइरसका कारण पर्यटन क्षेत्र तहसनहस भएको भन्दै उहाँले यसको संरक्षणका लागि विशेष रणनीति अपनाउन सरकारसँग माग गर्नुभएको हो।

विदेशी मुद्रा आर्जन गर्ने र देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र भएकाले सरकारले व्यवसायलाई राहतमुखी सेवासुविधा दिएर व्यवसायीहरूलाई हतोत्साही हुनबाट रोक्नुपर्ने भनाइ उहाँको छ ।

पर्यटन क्षेत्रमा गरिएका लगानीको व्याज घटाउन सकिने, एक वर्षसम्म बैंकहरूले दण्डजरिबाना नगर्ने व्यवस्था गर्नुपर्ने, बैंकबाट लिइएको ठूलो कर्जालाई ५० प्रतिशत व्याज सहुलियत दिने, बैंकबाट लिइएको कर्जा बुझाउनु पर्ने समयलाई पुनःतालिकीकरण गरी केही समयपछि सार्ने उहाको सुझाव छ।

 

प्रकाशित मिति : बिहीबार, २९ फाल्गुन २०७६ १७:२४

Archives

प्रतिक्रिया दिनुहोस्