Logo

सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई नेपाल शेर्पा संघद्वारा सम्मान


काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई नेपाल शेर्पा संघले सम्मान गरेको छ। संघको ७औँ महाधिवेशनको अवसरमा आइतबार काठमाडौंको बौद्धमा आयोजित कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शेर्पालाई सम्मान-पत्र प्रदान गर्दै उनको साहस र योगदानको कदर गरेका थिए। उनले सगरमाथा आरोहणको सफलताप्रति बधाई ज्ञापन गर्दै शेर्पा समुदायको गौरव बढाएको भन्दै प्रशंसा व्यक्त गरे।

शेर्पाले यही मे १९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेकी छन्।

शेर्पाले ग्लेसियर हिमालय ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि. मार्फत सगरमाथा आरोहण गरेकी हुन्। यसअघि उनले सगरमाथा आरोहणको तयारीस्वरूप लोबुचे पिकको सफल आरोहण गरेकी थिइन्। हाल उनी नेपाल प्रहरी मुख्यालयअन्तर्गत साइबर ब्युरोमा कार्यरत छिन्।

प्रकाशित मिति : शनिबार, ३२ जेष्ठ २०८२ २३:४०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ