Logo

नेपाल पर्वतारोहण संघले तोक्यो बीमा सुविधा ‘गाइड तथा बुक होल्डरहरूका लागि मात्र’


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले उपलब्ध गराउँदै आएको बीमा सुविधाको सिमा तोकेको छ । संघद्वारा मान्यता प्राप्त पर्वतीय पथप्रदर्शक (गाइड) तथा ‘एनएमए बुक’ (कालो, निलो वा रातो) धारकहरूलाई मात्र लागू हुने उसले जनाएको हो ।

संघले मंगलबार जारी गरेको सूचनामा बीमा सुविधा प्रयोग गर्नुअघि सम्बन्धित व्यक्तिहरूले अनिवार्य रूपमा एनएमए कार्यालयसँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ ।

बीमा सुविधा प्रयोग गरेर उद्धार (रेस्क्यु) गरिनु परेमा पनि संघसँग पहिले सम्पर्क नगरिएको खण्डमा उक्त उद्धार खर्च बीमा अन्तर्गत फिर्ता नहुने स्पष्ट गरिएको छ।

संघले आफ्ना स्रोत व्यक्ति, गाइड तथा सरोकारवालाहरूलाई एनएमए अफिससँग परामर्श नगरी बीमा प्रक्रिया अघि नबढाउन अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : मंगलवार, ३० बैशाख २०८२ २३:३५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ