Logo

कोरोना भाइरसको असर: चीनले रोक्यो सगरमाथाको आरोहण


एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले आफ्नो मुलुकबाट सगरमाथाको आरोहण रोकेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रास बढेपछि चीनले उत्तरी मोहडाबाट सगरमाथाको आरोहण बन्द गरेको हो । एबिसी न्युजका अनुसार चाइना तिब्बत माउन्टेनेरिङ्ग एसोशियसनले यस्तो निर्णय गरेको पुष्टि गरेको छ ।

चीनले सगरमाथाको आरोहण बन्द गरेपनि नेपालले भने यसबारे कुनै निर्णय गरेको छैन । सवैभन्दा बढी पर्वतारोहीले नेपालबाट सगरमाथाको आरोहण गर्ने गरेका छन् ।

प्रकाशित मिति : बिहीबार, २९ फाल्गुन २०७६ २०:१६

Archives

प्रतिक्रिया दिनुहोस्