Logo

गृहमन्त्री थापा सोलुखुम्बु आउने


सोलुखुम्बु । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल सोलुखुम्बु आउने भएका छन् । नेकपाका सचिवालय सदस्यसमेत रहेका थापा नेकपा (ओली समुह) सोलुखुम्बुले यहि माघ ५ गते सल्लेरीमा आयोजना गर्न लागेको कार्यकर्ता भेलाको प्रमुख अतिथिको रुपमा सोलुखुम्बु आउन लागेको श्रोतले जानकारी दिएको छ ।

विवाद बढेपछि फुट देखिएको नेकपाको दुवै पक्ष देश व्यापी कार्यक्रममा व्यस्त रहेको छ । पूर्व माओवादीका नेता रहेका थापा नेकपामा फुट देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

प्रकाशित मिति : बिहीबार, १ माघ २०७७ ११:४६

Archives

प्रतिक्रिया दिनुहोस्