Logo

पैसा कमाउने उद्देश्यले राखेका थिए रुचालले युवतीको टाउकोमा वीर्य स्खलन गरेको भिडियो


सार्वजनिक बसमा यात्रा गरिरहेको बेला हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको आरोपमा पक्राउ परेका रजिन सार्की भन्ने रविन रुचाललाई प्रहरीले सार्वजनिक गरेको छ।

अपराध महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेका रुचाललाई मंगलबार काठमाडौँमा सार्वजनिक गरेको हो।

२०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका रुचालले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी युवतीको कपालमा स्खलन गरेका थिए।

पछि उनी आफैँले त्याे भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो। प्रहरीले उनी सवार बा २ ख ९३२६ नम्बरको बसलाई तत्कालै नियन्त्रणमा लिएको थियो।

युवतीको टाउकोमा वीर्य स्खलन गर्न रजिक सार्की भनिने रविन रुचाललाई सार्वजनिक कार्यक्रम

रुचाल तीन वर्षदेखि काठमाडौँको बानेश्वरमा बसेर रिक्सा चलाउँदै आएका थिए। सामाजिक सञ्जालमा उनले हालेको सो भिडियो भाइरल बनेपछि सञ्जाल प्रयोगकर्ताले उनलाई गालीगलौज गर्नुका साथै कडा कारबाहीको माग गरेपछि उनी भागेर भारतको नयाँ दिल्ली पुगेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट भागेर गएका उनी नयाँ दिल्लीमा ३ महिना मोमो फ्याक्ट्रमा काम गरेकाे र त्यसपछि कास्मिर गई करिब ४ महिना बसेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।
करिब २-३ महिना अगाडि भारतबाट घर आएका उनी घरमै बसिरहेका बेला प्रहरीले सोमबार पक्राउ गरेको हो।

रुचालले सामाजिक सञ्जालमा विभिन्न ग्रुपहरु बनाइ अश्लील भिडियोहरु अपलोड गरेर भ्युअर्सका आधारमा पैसा संकलन गर्ने उद्देश्य राखेको प्रहरीले जनाएको छ। उनले सो भिडियो पनि पैसा कमाउने उद्देश्यले सामाजिक सञ्जालमा राखेको बताएकाे प्रहरीले जनाएको छ।

त्यस्तै उनले घटनाका बारेमा उल्लेख गर्दै सामाजिक सञ्जालमा माफी समेत मागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ १३:३२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ