Logo

प्रधानमन्त्री ओलीले बाँसुरी बजाउँदा पूर्वप्रधानमन्त्री खनाल र नेपालले सारंगी रेटे


काठमाडौं । मंगलबार राति प्रधानमन्त्रीनिवास बालुवाटारको माहौल संगीतमय बन्यो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा आयोजित ‘नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रममा प्रधानमन्त्री केपी ओली आफैंले बाँसुरी बजाए भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे ।

कार्यक्रममा कलाकारहरुले सांगीतिक धूनहरु पस्केका थिए भने प्रधानमन्त्री निवासका तर्फबाट रात्रीभोज पस्कने काम भएको थियो ।

‘सारंगी साँझ’ मा सत्तारुढ दलका शीर्ष नेताहरु, बहालवाला मन्त्रीहरु र संगीतका पारखीका साथै भर्खरै राजीनामा दिएका उच्चपदस्थ कर्मचारीसमेत देखिन्थे । सारंगी साँझ सुरु हुनुअघि बालुवाटारमै भएको सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सारंगी साँझमा सहभागी हुन पत्रकारहरुलाई पनि निम्तो दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सारंगी साँझमा समेत सहभागिता जनाउने गरी सम्पादकहरुसँगको छलफल एकै दिन पारिएको बताए ।

प्रकाशित मिति : बुधबार, २२ माघ २०७६ ०९:२०
प्रतिक्रिया दिनुहोस्