Logo

विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीले बालुवाटारको जग्गा सरकारलाई फिर्ता गर्ने


काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारस्थित ललिता निवासमा भएको आफ्नो नाममा जग्गा सरकारलाई फिर्ता गर्ने भएका छन् ।

बालुवाटारस्थित ललिता निवासमा भएको आफ्नो नाममा भएको जग्गा फिर्ता गर्ने भएपछि उनीहरु विरुद्ध मुद्दा दायर नगरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पत्रमा ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गामा जग्गाधनी रहेका नवीन पौडेल र कुमार रेग्मीले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा जग्गा सरकारलाई छाडिदिन मञ्जुर रहेकाले जफतको मागदाबी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिएको उल्लेख गरिएको छ ।

जसअनुसार कुमार रेग्मीका नाममा रहेको सिट नम्बर १०२–१०२५–१५ कित्ता नम्बर ५११ र नवीन पौडेलका नाममा रहेको सिट नम्बर १०२–१०२५–१५ कित्ता नम्बर ३१५ का जग्गा सम्बन्धमा आयोगले नेपाल सरकारको नाममा कायम गर्न गराउनका लागि यथाशीघ्र आवश्यक कारबाही गर्न र सोको जानकारी आयोगलाई गराउनु भनी सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझाव लेखी पठाउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : बिहीबार, २३ माघ २०७६ ०९:२९
प्रतिक्रिया दिनुहोस्