Logo

पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा गगन थापाको आपत्ति


चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति जनाएका छन् ।

कांग्रेस कालिका नगर समितिले शुक्रबार गरेको कार्यक्रममा नेता थापाले पूर्व प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालिन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरे ।

‘अख्तियारले ३ पटक फाइल सदर गर्ने प्रधानमन्त्रीका बारेमा बोल्नुपर्दैन ? त्यसको निर्णय गर्ने मुख्यसचिव लीलामणि पौडेलबारे बोल्नुपर्दैन ? जग्गा प्राप्त गर्ने नेकपाका महासचिव विष्णु पौडेलका बारेमा बोल्नुपर्दैन ? विष्णु पौडेलका बारेमा किन बोल्नुनपर्ने ?’ थापाले प्रश्न गरे ।

उनले जग्गा फिर्ता गर्ने शर्तमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाड्न नमिल्ने बताए ।

‘अब सजिलो छ । कसैलाई चोर्न मन लागेको छ भने चोरे हुन्छ, पहिला चोर्ने, थाहा पाए फिर्ता गर्ने, नपाए आफ्नै भयो’ नेता थापाले भने ‘चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस्, चोरीको सामान फर्काइदिनुस्, सक्कियो । कसैलाई के लुट्न मन लागेको छ, लुट्नु भए हुन्छ ।’

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा चलाउँदा अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराउने तत्कालिन प्रधानमन्त्रीउपर मुद्दा चलाएको छैन ।

त्‍यस्तै नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्न मन्जुर गरेको भन्दै मुद्दा चलाएको छैन ।

भ्रष्ट्राचारजन्य कसुरमा जो कोही संलग्न भए पनि छाड्न नमिल्ने नेता थापाले बताए । ‘कांग्रेस सभापति, उपसभापतिको नाममा भ्रष्ट्राचार गर्दा उन्मुक्ति पाइँदैन’, नेता थापाले भने ‘सभापतिले गर्नुभएको छ भने पनि उहाँ थुनामा पर्नुपर्छ । मैले गरेको छु भने म पनि पर्नुपर्छ । भ्रष्टाचारको सन्दर्भमा यो, त्यो भन्ने हुदैन ।’

प्रकाशित मिति : शुक्रबार, २४ माघ २०७६ १८:२८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ