Logo

रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डमा प्राविधिक सर्भे


काठमाण्डौं, २४ माघ – रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे गरिएको छ । प्रदेश सरकारबाट मर्मतको लागि विनियोजित २ करोड बजेटको काम शुरु गर्न को लागि उक्त सडकको प्राविधिक सर्भे गरिएको हो ।

मर्मत गर्न अति आवश्यक देखिएको ठाऊँको एकिन गर्दै आवश्यक सुझाब सहित निर्देशन दिन आज बागमती प्रदेशसभा सदस्य बद्री मैनाली, नेकपा शिवपुरी गा.पा. अध्यक्ष वीर बहादुर तामाङ्, जिल्ला नुवाकोट पुर्वाधार कार्यालय प्रमुख विजयमणि बज्राचार्य सहित अन्य, सरोकारवालाहरुको उपस्थितिमा उक्त प्राविधिक सर्भे सम्पन्न भयो ।

टोखा छहरे सडकखण्ड नुवाकोटबासीको प्रत्यक्ष जनजीवनमा प्रभाव पार्ने सडक खण्ड हो ।

प्रकाशित मिति : शुक्रबार, २४ माघ २०७६ १९:०१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ