Logo

प्रमिला राईको नयाँ म्युजिक भिडियो वजारमा


काठमाडौँ । गायिका प्रमिला राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रश्न (लुकेको कुरा) बोलको म्युजिक भिडियो मज्जाको भिडियो युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

नेपाल आईडलको पहिलो सिजनकी टप ७ प्रतियोगि प्रमिलाको यसअघि बाँस चिरी कप्टेरो, कान्छा हाउ लगायतका गीत दर्शक,श्रोताले रुचाएका थिए । हङकङमा छायांकन गरिएको भिडियोलाई युगल पोमोले निर्देशन गरेका छन् ।

केही फरक थिममा बनाईएको म्युजिक भिडियोमा ओम गुरुङ,ट्रेसी राई र दिनेश खत्रीको अभिनय रहेको छ । गीतमा सँगीत,शब्द रेज लिम्बु,सम्पादन अनिल के महर्जन तथा छायांकन मज्जाको राईको रहेको छ ।

भिडियो:

प्रकाशित मिति : शनिबार, ३ फाल्गुन २०७६ १५:०४
प्रतिक्रिया दिनुहोस्