Logo

वुहानबाट निगमको वाइडबडी विमानले १ सय ७५ जना नेपालीलाई काठमाडाैं ल्यायो !


‘कोरोना भाइरस’ प्रभावित चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट नेपाल वायु सेवा निगमको वाइडबडी विमानले १ सय ७५ जना नेपालीलाई काठमाडाैं ल्याएको छ।

उक्त विमान आज (आइतबार)बिहान करिब ३:२० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएकाे हाे।

बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार उहानबाट १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिए पनि ६ जना ज्वराेका कारण उहान विमानस्थलमै राेकिए भने ४ जना स्वइच्छाले नेपाल नआएका हुन्।

उक्त विमानमार्फत ल्याइएका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी छन्। अन्य २ जना भ्रमणका लागि गएका, १ जना कामका लागि गएका र १ जना बच्चा रहेका छन्।

चीन सरकारले नेपालीहरूलाई नेपाल पठाउनुअघि विमानस्थलमा स्वास्थ्य परीक्षण गरेको थियो। त्यस क्रममा ६ जनालाई ज्वरो आएका कारण चीनले नेपाल आउनबाट राेकेकाे हाे।

प्रकाशित मिति : आईतवार, ४ फाल्गुन २०७६ ०७:०२
प्रतिक्रिया दिनुहोस्