Logo

डा. शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त


काठमाडौं : प्रतिनिधिसभाकी पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई प्रधानमन्त्रीको सिफारिसमा कानुनमन्त्रीमा नियुक्त गरेकी हुन्।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गरिएको हो।

उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनले उही माघ ६ गते प्रतिनिधि सभाको उससुभामुख पदबाट राजीनामा दिएकी थिइन्।संसद सचिवालयकै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए ।

एउटै पार्टीबाट सभामुख र उप सभामुख बन्न नपाउने भएपछि तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ। पहिले राजीनामा नदिने आफैं समामुख बन्ने अडान राख्दै आएकी उनले पार्टीले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन्।

प्रकाशित मिति : सोमबार, ५ फाल्गुन २०७६ १५:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ