Logo

काठमाडौंसहित देशैभर वर्षाको सम्भावना, चट्याङबाट बच्न मौसमविद्को सुझाव


काठमाडौं ।आज (शुक्रबार) मेघगर्जनसहित लगभग देशैभर वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका हुन्।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा त बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ। तर मेघगर्जनसहित वर्षा हुने देखिएकाले चट्याङबाट जोगिन उनको सुझाव छ।

मौमस पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  प्रकाशन गर्दै भनेको छ-
देशका पश्चिमी भेगका धेरै मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

काठमाडौंमा पनि वर्षा हुने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।

यतिबेला काठमाडौं उपत्यकाको आकाशमा बादल मडाइरहेको छ भने मौसम धुम्म परेको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार अहिले काठमाडौंमा पानी पर्ने सिस्टम विकास भइरहेको छ।

‘आज यहाँ (काठमाडौं उपत्यका)मा पनि हल्का वर्षाको सम्भावना छ,’ उनले भनिन्।

बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    
फागुन ९ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहने छ।  पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थान र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।

फागुन ११ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

                                                -माैसम पूर्वानुमान महाशाखा

प्रकाशित मिति : शुक्रबार, ९ फाल्गुन २०७६ ०८:४३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ