Logo

विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव नगर्न सरकारको आग्रह, चैत ५ भित्र परीक्षा सक्नुपर्ने


काठमाडौं, २० फागुन । नेपाल सरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो ।

त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न पनि सूचनामा भनिएको छ ।

प्रकाशित मिति : मंगलवार, २० फाल्गुन २०७६ १८:१३
प्रतिक्रिया दिनुहोस्