Logo

फूलमान वलद्वारा निर्देशित ‘निरफूल’को ट्रेलर सार्वजनिक


काठमाडौं– फूलमान वलद्वारा निर्देशित फिल्म ‘निरफूल’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म भूकम्प पश्चात तहशनहश एक परिवारको कथामा आधारित रहेको ट्रेलरमा देखिएको छ।

फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज, रोशन फ्युबा लगायतको अभिनय छ।

फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन्।

फ्रेन्डस् अफ नेपाल– म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन्।

यसैगरी माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ पनि निर्माता छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् भने वितरक गोविन्द शामी र मनोज राठी रहेका छन् । फिल्म चैत्र ७ गते रिलिज हुनेछ।

प्रकाशित मिति : मंगलवार, २० फाल्गुन २०७६ १८:१९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ