Logo

कांग्रेसले सभा,सम्मलेन तथा जमघट नगर्ने


काठमाडौं- कोराना संक्रमित पूर्व सचेतताका लागि नेपाली कांग्रेसले सभा,सम्मलेन तथा जमघट नगर्ने भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई उच्च जोखिम भएको देशमा राखिसकेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो।

बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले राजनीतिक विवादलाई थाती राखी सबैलाई एकजुट हुन आग्रह समेत गरेका छन्।

यसका साथै शर्माले कांग्रेस जोखिमको घडीमा सरकारलाई साथ दिन तयार रहेको बताएको छ। यसैगरी उनले स्थानीय तहको समायोजन र क्रियाशील सदस्यता वितरण भने नरोकिने जानकारी दिए।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ १२:५३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ