Logo

एसईई परीक्षा सर्दैन: राष्ट्रिय परीक्षा बोर्ड


काठमाडौं । सेकेण्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसईई परीक्षा नसर्ने भएकाे हाे ।
राष्ट्रिय परिक्षा बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेले एसईइ परीक्षा नसर्ने बताएका छन् ।सरकारले विद्यालयहरुलाई चैतको ५ गतेसम्म परिक्षा सिध्याएर विद्यालय बन्द गर्न भनेर सुचना प्रकाशित गरिरहेको अवस्थामा विद्यार्थी र अभिभावकले परिक्षा सर्न सक्ने शंका गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन्ले नेपाललाई शुक्रबार नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेपछि नेपाल सरकारले सर्तकता बढाउँदै भिड हुने सभा सम्मलेनहरु नगराउन आग्रह गरेको हो ।तर, परीक्षा नियन्त्रक खकुरेले अहिलेसम्मको अवस्था बुझ्दा एसईइ परिक्षा तोकिएको समयमा नै हुने बताए ।

‘तोकिएको तालिका अनुसार नै हामी अगाडी बढिरहेका छौं, शिक्षा मन्त्रालयले हालसम्म परिक्षा सार्न कुनै पनि प्रकारको निर्णय गरेको छैन, त्यसैले हामी आजको दिनसम्मको लागि परिक्षा सर्दैन भन्न सक्छौं,’ उनले विकासन्यूजसँग भने ।

बिहिबार पनि परीक्षा सार्ने कि नसार्ने विषयमा सरोकारवालाहरुसँग मन्त्रालयमा बैठक बसेको तर परिक्षा सार्न कुनै पनि निर्णय नभएको खकुरेलले जानकारी दिए ।
यद्यपी त्यस्तो परि आएको खण्डमा परिक्षा स्थगित हुनसक्ने खकुरेलले बताए । उनी भन्छन, परिक्षा भन्दा स्वास्थ्य ठुलो हो त्यसैले परि आएको अवस्थामा परिक्षा भने पक्कै सर्छ । ’
यस वर्षको एसईइ परीक्षा चैत ६ गतेदेखि सुरु हुँदैछ । बोर्डका अनुसार एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्नेछ ।
प्रकाशित तालिका अनुसार परीक्षाको पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा तथा १३ गते ऐच्छिक गणितको परीक्षा छ।

अन्तिम दिन १७ गते भने विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ । परिक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।
यसवर्ष देशभरबाट ४ लाख ८२ हजार विद्यार्थी एसईइमा परीक्षामा सहभागी हुँदैछन् । ग्रेडवृद्धि परीक्षातर्फ १७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् र बाँकी सबै नियमित तर्फ छन् ।

प्रकाशित मिति : शुक्रबार, २३ फाल्गुन २०७६ १२:५०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ