Logo

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जारी गरेका दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका स्रोतले जनाएको छ ।

पार्टीभित्रको दबाबपछि ओली आफैले जारी गरेका दुई अध्यादेश फिर्ता लिन तयार भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै संविधानको धारा ११४ को १ ख अनुसार खारेज गर्न सक्ने स्रोतको भनाइ छ ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, १२ बैशाख २०७७ ०६:१८
प्रतिक्रिया दिनुहोस्