Logo

ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु ,मृत्यु हुनेकाे संख्या २६ पुग्याे


बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने चितवनका ५० वर्षिय पुरुष रहेका छन् ।

ती पुरुषको पाटन अस्पताल,ललितपुरमा उपचार भइरहेकाे थियो। उनको केहि समयअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रकाशित मिति : बिहीबार, ११ असार २०७७ १६:००
प्रतिक्रिया दिनुहोस्