Logo

खुम्बु पासाङल्हामु गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण अब बैंकिङ प्रणालीमार्फत


सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने काम सुरु गरेको छ । गाउँपालिकाले गत असोज १६ गतेको दिन सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई बैंक खाता खोल्न अनुरोधसमेत गरेको छ ।

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमा लैजानका लागि गाउँपालिका र बैंकबीच सम्झौता भइसकेको सुचनामार्फत जानकारी गराइएको छ । सुचनाअनुसार लाभग्राहीहरुको सहजतालाई ध्यानमा राख्दै बैंकमा खाता खोल्नका लागि पायक पर्नेगरी वडा छुटाइएको छ ।

सोअनुसार वडा नम्बर १ का लागि नेपाल इन्भेष्टमेन्ट बैंकको खरिखोला शाखा, वडा नम्बर २ र ३ का लागि कुमारी बैंकको लुक्ला शाखा र वडा नम्बर ४ र ५ का लागि सिद्धार्थ बैंकको नाम्चे शाखालाई तोकिएको छ ।

खाता खोल्ने कामसँगै सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धि सबै काम बैंकिङ प्रणालीमा लैजाने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाअनुसार यससम्बन्धि थप जानकारी र सहयोगका लागि एमआईएस अपरेटर लाक्पा तामाङको मोवाइल नम्बर ९८६०२५६१९३ र ९८२६७५६५७६ मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : सोमबार, १९ आश्विन २०७७ १६:५८
प्रतिक्रिया दिनुहोस्