Logo

संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदको सदस्यमा नेपाल दोस्रोपटक निर्वाचित


संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ।

राष्ट्रसंघको मुख्यालयमा गएराति भएको निर्वाचनमा नेपाल पुन: ३ वर्षका लागि सदस्यमा निर्वाचित भएको हो। सन् २०२१- ०२३ सम्मका लागि नेपाल निर्वाचित भएको हो।

यसअघि सन् २०१८-०२० का लागि नेपाल निर्वाचित भएको थियो। एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्। गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन्।

तीनवर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ। एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रका सदस्य चुनावी प्रतिस्पर्धाबिनै निर्वाचित भएका हुन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : बुधबार, २८ आश्विन २०७७ ११:४९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ